२०८१ बैशाख ६ , बिहिवार

‘द केरला स्टोरी’ मा आसिफाको भूमिका निर्वाह गर्ने सोनियालाई ज्यान मार्ने धम्कि

सुनाखरी न्युज / ‘द केरला स्टोरी’ मा आसिफाको भूमिका निर्वाह गर्ने सोनिया बलानीलाई धम्कि आइरहेको छ । तर आफूलाई आएको धम्किभन्दा पनि पोजिटिभ रेस्पोन्सले आफू खुशी भएकोले धम्किले कुनै फरक नपर्ने पनि उनी बताउँछिन् ।

 

सोनिया भन्छिन् – ‘मैले त्यस्ता ७ हजार जना यूवतीहरुलाई भेटेकी छु, जसको जबरजस्ती धर्म परिवर्तन गराइएको थियो ।’ त्यस्तै, उनले पश्चिम बंगालमा ‘द केरला स्टोरी’ मा लगाइएको प्रतिबन्ध गलत भएको बताएकी छिन् ।

 

सोनिया भन्छिन्– ‘वास्तविक जिन्दगीमा आसिफाभन्दा अत्यन्त अलग छु । तर मलाई चुनौतीपूर्ण भूमिका अत्यन्त मन पर्छ ।’फिल्ममा नेगेटिभ भूमिका गरेको भन्दै ज्यान मार्ने धम्कि आइरहेको सोनिया बलानीले बताएकी छिन् ।