२०८१ बैशाख १४ , शुक्रवार

नेप्सेमा वृद्धि कायमै

सुनाखरी न्युज/ काठमाडौं । आज नेप्से ५.८८ अंकले बढेर एक हजार ८ सय ८३ दशमलब २० विन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ३२.३० अंकले बढेर एक हजार ८ सय ७७ दशमलब ३२ विन्दुमा बन्द भएको थियो ।

 

नेप्से बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज नेप्सेमा एक अर्ब ५९ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा एक अर्ब ४७ करोड ४७ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो । आज कारोबार भएका ९३ कम्पनीको शेयरमूल्य बढेको छ भने ११५ कम्पनीको शेयरमूल्य घटेको छ । यसका साथै १३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

 

राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १४ हजार १०७ दशमलव ५० रुपैयाँ पुगेको छ । त्यस्तै, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ११२९.३० रुपैयाँ पुगेको छ । नेप्सेका अनुसार आदर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ६ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ६ करोड १४ लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको छ ।