२०८१ जेठ ५ , शनिवार

खाली पेट लसुन खानुका फाइदै फाइदा

सुनाखरी न्युज / काठमाडौं — मानिसले लसुनको खेती गर्न थालेको पाँच हजार वर्ष भइसक्यो । खाली पेट लसुन खाँदा स्वास्थ्य राम्रो हुन्छ । लसुनको टुुप्पो एकाबिहानै खाँदा धेरैथरी रोगबाट बच्न सकिन्छ । प्राचीन चिकित्सामा लसुन वर्षौंदेखि औषधीको रूपमा प्रयोग हुँदै आएको छ। स्वास्थ्य विज्ञका अनुसार रुघाखोकी, उच्च रक्तचाप, बाथ, दाँत दुख्ने, कब्जियत र संक्रमणजस्ता रोगबाट लसुनको सेवनले छुटकारा पाउन सकिन्छ। विज्ञहरूका अनुसार बिहान खाली पेटमा लसुन खानु स्वास्थ्यका लागि विशेष फाइदाजनक हुन्छ। आयुर्वेद विज्ञहरूका अनुसार लसुनमा यस्ता धेरै औषधी युक्त गुणहरू पाइन्छ, जसले शरीरलाई धेरै गम्भीर रोगहरूबाट बचाउन मद्दत गर्छ। खाली पेटमा लसुनको ४ (५ वटा केस्रा खाँदा स्वास्थ्यमा धेरै नै फाइदा हुन्छ ।

 

१.  स्वस्थ मुटु

सुनले मुटुसँग सम्बन्धित रोगहरूलाई टाढा भगाउँछ । लसुन खानाले रगत स्वस्थ रहन्छ र हृदयघातको खतरा कम भएर जान्छ । लसुन र महको मिश्रण गरेर खाए धमनीमा जम्मा हुने खराब तत्व हराएर जान्छ जसले रक्तसञ्चार सहज पार्छ ।

२.  उच्च रक्तचापबाट छुटकारा

लसुन खानाले उच्च रक्तचापबाट छुटकारा दिलाउँछ । चिकित्सकहरूले उच्च रक्तचापबाट पीडित व्यक्तिहरूलाई हरेक दिन लसुन खान सल्लाह दिने गरेका हुन्छन ।

३.  पेट सम्बन्धी रोगका बिरामीलाई राहत

पेटसँग सम्बन्धित बिरामीहरू जस्तै डायरिया र कब्जियतको रोकथामका लागि पनि लसुनको सेवन निकै उपयोगी मानिन्छ । उमालेको पानीमा  लसुन राखेर खाली पेटमा खाने हो भने यसले डायरिया र कब्जियतबाट मुक्त गराउँछ । लसुनले शरीरमा रहेको हानिकारक तत्वहरूलाई बाहिर निकाल्न पनि सहयोग गर्छ ।

 

४.  पाचन प्रणालीमा सहयोगी

लसुनले मानिसको पाचन प्रणालीलाई राम्रो बनाउने क्षमता राख्छ । खाली पेटमा लसुनको पोडा चपाएर खाने हो भने पाचन राम्रो हुन्छ र यसले  खानामा रुचि पनि बढाउँछ ।

५.  तनाब हराउँछ

लसुनले तनाब कम गर्न पनि सहयोग गर्छ । कतिपय अवस्थामा हाम्रो पेटमा जम्मा हुने एसिडले मानिसको मनलाई बेचैन बनाउन सक्छ । तर   लसुनले यस्तो एसिड उत्पन्न हुनबाट रोक्छ । लसुनले टाउको दुःख्ने समस्या पनि कम गर्छ ।

 

६.  दाँतको दुखाईमा राहत

लसुनमा दुखाई कम गर्ने गुण पनि रहेको हुन्छ । यदि दाँतको दुखाई छ भने लसुनलाई पिसेर दुखिरहेको दाँतमा लगाउँदा केही समयमै दुखाई हटेर जान्छ ।

७.  नसा झमझाउने समस्या कम

खाली पेटमा लसुनको सेवनले नसा झमझमाउने समस्या पनि हराएर जान्छ । एजेन्सी