२०८१ बैशाख ८ , शनिवार

नक्कली भुटानी शरणार्थी प्रकरण : आज प्रतिवेदन बुझाउँदै प्रहरी

सुनाखरी न्युज/ काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले आज (आइतवार) प्रतिवेदन बुझाउँदै छ ।

 

आज अन्तिम समयसम्म भए पनि प्रहरीले प्रतिवेदन बुझाउने तयारी गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालले बताए । ‘हामी तयारी गरिरहेका छौं, अन्तिम समयसम्म बुझाउने कोसिस गछौं,’ एसपी रिजालले लोकान्तरसँग भने । प्रहरी स्रोतका अनुसार अहिले भीआईपी अभियुक्तहरूलाई विगो र मुद्दाका विषयमा छलफल भइरहेको छ । त्यसको टुङ्गो लागेपछि प्रहरीले प्रतिवेदन बुझाउने छ ।

 

यस प्रकरण्मा अहिलेसम्म १६ जना अभियुक्तहरू हिरासतमा छन् । प्रहरीले अहिलेसम्म पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, टोपबहादुरका छोरा सन्दिप रायमाझी, दलालहरू सानु भण्डारी, केवशव दुलाल, सन्देश शर्मा, सागर राई, कुमार गुरुङ, रामशरण केसि, गोविन्द चौधरी र बालकृष्ण खाँणका निजि सचिव नरेन्द्र केसी प्रहरी हिरासतमा छन् । यस्तै भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको छ । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा, बादल गृहमन्त्री छँदा उनका सल्लाहकार रहेका इन्द्रजित राईका छोरा नीरज राई फरार छन् ।