२०८१ बैशाख १५ , शनिवार

‘झिम परेली’ किरण र दीपाश्रीको रोमान्स

सुनाखरी न्युज/ काठमाडौं । गायिका रानी शाक्य र गायक सङ्गीतकार बाबुल गिरीको स्वर रहेको गीत ‘झिम परेली’ सार्वजनिक भएको छ ।

 

डान्सिङ शैलीको गीतमा दिनेश सुवेदीको शब्द छ, भने सङ्गीत तथा एरेन्ज बाबुल गिरीले गरेका हुन् । गीतको भिडियोमा कलाकार किरण केसी, दीपाश्री निरौला, सरोज प्रजा र आभा थापा लगायतको अभिनय छ ।

 

तामाझापसँग थुप्रै कोरस समेत प्रयोग गरिएको भिडियो निकै आकर्षक छ । मित्र डि गुरुङको सम्पादन, सुदिप बरालको छायाङ्कन रहेको भिडियोको निर्देशन तथा कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।