२०८१ बैशाख १३ , बिहिवार

एमाले अध्यक्ष केपी शर्मा ओली आज संसदमा बोल्ने

सुनाखरी न्युज/ काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दैछन् । एमाले संसदीय दलका नेतासमेत रहेका ओलीले आज संसद् बैठकमा सम्बोधन गर्न लागेका हुन् ।

 

गत वैशाख २८ गतेबाट सुरू भएको केन्द्रीय कमिटीको बैठकको सुरूमै बोल्दै उनले अहिले चलिरहेको नक्कली भुटानी शरणार्थी प्रकरणबारे बोल्ने बताएका थिए । सोही विषयमा उनले आज संसदमा तथ्यसहित बोल्ने छन् ।

 

यसअघि ओलीले जेठ ४ गते संसद् बैठकमा सम्बोधन गर्ने बताए पनि उक्त दिन प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय भएपछि स्थगित भएको थियो । उक्त दिन स्वास्थ्य अवस्थाका कारण पनि संसद बैठकमा सहभागी भएका थिएनन्। संसद् बैठक आइतबार बिहान ११ बजे बस्दैछ ।