२०८० चैत्र १६ , शुक्रवार

म्याग्दीको गुइठे भिरमा पहिरो जाँदा बेनी-जोमसोम सडक अवरुद्ध

सुनाखरी न्युज/ काठमाडौं । पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध भएको छ। आइतवार बिहानदेखि सो सडक अवरुद्ध भएको हो।

 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ गुइठे भिरमा पहिरो गएको हो। पहिरोमा गाडी समेत पुरिएको छ। स्थानीय तथा सुरक्षाकर्मीले पहिरो हटाउने प्रयास गरिरहेका छन्। रासस