२०८१ जेठ ५ , शनिवार

व्यक्ति र व्यवासायी विशेषका लागि करका दर हेरफेर हुँदैनः अर्थमन्त्री

सुनाखरी न्युज/ काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले कुनै व्यक्ति र व्यवासायी विशेषका लागि आफूले करका दर हेरफेर नगर्ने स्पष्ट पार्नुभएको छ ।

 

शनिवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो व्यक्तिगत स्वार्थका लागि मात्रै करका दर हेरफेर नगर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले समग्रमा देशको अर्थतन्त्रलाई मध्यनजर गरेर करका र हेरफेर हुने बताउनु भयो । उहाँले नेपालभित्र नै रोजगारी र उच्च शिक्षाको अवसर सिर्जना गर्न आवश्यक रहेको पनि बताउनु भयो । उहाँले युवाहरुको उर्जा र क्षमताई देशभित्रै प्रयोग हुुनेकुरा बजेटको प्राथमितामा पर्ने पनि बताउनु भयो ।

 

उहाँले नेपाली उद्योग व्यवसायलाई प्राथमिकता राख्नेकुरामा ध्यान दिने बताउनु भयो । उहाँले अर्थतन्त्र सुधार गर्न आवश्यक रहेको भन्दै त्यसका लागि आफू इमान्दार भएर काम गर्नेपनि बताउनु भयो । बजेट कार्यान्वयनको कुरा नै मुख्य विषय रहेको भन्दै बजेट आइसकेपछि क्यालेण्डर बनाएर नै काम गर्नेपनि बताउनु भयो । अर्थमन्त्री महतले ऋण भुक्तानीको दायित्वबाट सरकार भाग्न नमिल्ने र नभाग्ने बताउनु भयो ।