२०८१ जेठ १ , मंगलबार

सातामा प्रतितोला १६ सयले घट्यो सुनको मूल्य

Gold

सुनाखरी न्युज/ काठमाडौ ।

यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा १६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो शुक्रबारसम्ममा उक्त रकमले मूल्य घटेको जानकारी दिएको हो ।

यो साताको आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार बढेर १ लाख ११ हजार पुगेको थियो । यस्तै, मंगलबार तोलामा १०० रुपैयाँले बढेको मूल्य बुधबार पुनः ओरालो लागेको थियो । यस्तै, विहीबार तोलामा ३०० र शुक्रबार तोलामा ५०० रुपैयाँ घटेको थियो । यस्तै, यो साता चाँदीको मूल्य तोलामा ५ रुपैयाँ मात्रै घटेको महासंघले जानकारी दिएको छ । गत साताको शुक्रबार तोलामा १३ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य यो साताको शुक्रबारको १३ सय ७० रुपैयाँ कायम छ ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ८०० रुपैयाँ कायम थियो । यस्तै, तेजावी सुनको मूल्य तोलामा १ लाख १० हजार २५० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ७०० रुपैयाँ कायम छ ।