२०८१ बैशाख ७ , शुक्रवार

विमानमा मुसो देखेपछि बुद्ध एयरको जनकपुर-काठमाडौं उडान स्थगित

सुनाखरी न्युज/ जनकपुरधाम ।

बुद्ध एयरको  जनकपुरमा काठमाडौं उड्न लागेको जहाजमा यात्रुले मुसो देखेपछि उडान स्थगित भएको छ । शनिबार बिहान ८ स् ३५ बजेको बुद्ध एयरको ५०२ जहाजको उडान स्थगित भएको हो ।

 

जहाजमा मुसो खोज्ने काम भइरहेको बुद्ध एयरका एक कर्मचारीले बताए । ‘दुई जना यात्रुले मुसो देखेपछि कर्मचारीलाई रिपोर्ट गरे । हवाई सुरक्षाको दृष्टिकोणले यात्रु ओरालेर मुसो खोज्ने काम भइरहेको छ,’ ती कर्मचारीले भने, ‘मुसो त फेला परेको छैन ।’

 

अब काठमाडौंबाट जनकपुर आउने बुद्ध एयरको अर्को विमानबाट यात्रु पठाइने उनले बताए ।