२०८१ बैशाख १३ , बिहिवार

पुँजी पलायनलाई कडाइका साथ नियन्त्रण गर्ने सरकारको घोषणा

सुनाखरी न्युज/ काठमाडौं ।
सरकारले पुँजी पलायनलाई कडाइका साथ नियन्त्रण गर्ने भएको छ । आर्थिक वर्ष ०८०-८१ को नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन ।

विभिन्न कारण र माध्यमबाट नेपालबाट विदेशमा पुँजी पलायन भएको विश्लेषण भइरहेको बेला सरकारले नीति तथा कार्यक्रममा पुँजी पलायनलाई नियन्त्रण गर्ने नीति ल्याएको हो । ‘हुन्डीलगायत अवैध कारोबारलाई कडाइका साथ नियन्त्रण गरिनेछ,’ राष्ट्रपति पौडेलले भने ।

 

पछिल्ला महिनाहरुमा मुलुकको बाह्य क्षेत्रका सूचकहरु सकारात्मक रहेपनि आन्तरिक अर्थतन्त्र मन्दीमा छ । तर, पछिल्ला तथ्यांकहरुले आयात बढ्दो क्रममा रहेको देखाएको छ । यसरी आन्तरिक अर्थतन्त्र मन्दीमा रहेको बेला आयात बढ्नुको कारणलाई केहीले पुँजी पलायनका रूपमा विश्लेषण गरिरहेका छन् ।