२०८१ बैशाख १४ , शुक्रवार

फिल्म पशुपति प्रसाद २ भष्मे डन को छायांकन सकियो

सुनाखरी न्युज / काठमाडौँ — नेपाली फिल्म ‘पशुपति प्रसाद २ स् भष्मे डन’ को छायांकन सकिएको छ । निर्देशक दीपेन्द्र के खनाल सामाजिक सञ्जालमा केही तस्बिरहरू सार्वजनिक गर्दै फिल्मको करिब दुई महिनाको अवधिमा फिल्मको छायांकन सकिएको उल्लेख गरेका हुन् । निर्देशक खनालले सामाजिक सञ्जालमा केही तस्बिर सार्वजनिक गर्दै फिल्मको छायांकन सकिएको जानकारी दिएका हुन्। उनका अनुसार २ महिनामा फिल्मको छायांकन सकिएको हो।

 

फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, वर्षा शिवाकोटी, रीविन्द्र सिंह बानियाँ, प्रकाश घिमिरे, मिस्श्री थापा, सजन थापा मगरलगायतका कलाकारले अभिनय गरेका छन् । टुकी आर्टस् ब्यानरमा निर्माण भएको फिल्मको कथा खगेन्द्र लामिछानेले लेखेका हुन् । उनी फिल्मको निर्माता पनि हुन् । कृष्ण थापाले छायांकन गरेको फिल्मको सम्पादन दीर्घ खड्का गर्नेछन् । फिल्म आगामी बडादसैंको फूलपातीका दिन रिलिज हुने जनाइएको छ ।कृष्ण थापाले छायांकन गरेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गर्नेछन्। यो फिल्म आगामी दशैंको फूलपातीदेखि प्रदर्शन हुनेछ।

 

२०७३ सालमा रिलिज भएको फिल्म पशुपति प्रसाद को स्पिन अफको शीर्ष भूमिकामा विपिन कार्की छन्। ुपशुपति प्रसादु मा उनले भष्मे डनकै भूमिका निर्वाह गरेका थिए।