२०८१ बैशाख ६ , बिहिवार

दोहाबाट आएका दुई महिला सुनसहित विमानस्थलबाट पक्राउ

 

सुनाखरी न्युज/ काठमाडौं –  दोहाबाट काठमाडौं आइपुगेका दुई जना १ सय ८४ ग्राम सुनसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङको सुन्दरहरैंचा नगरपालिका ७ घर भएकी ४० वर्षीया शोभा विश्वकर्मा र रामेछापको रामेछाप नगरपालिका ५ रामपुर स्थायी ठेगाना भएकी २९ वर्षीया सरिता श्रेष्ठ रहेकी छिन् ।

हिमालय एयरलाइन्सको उडानबाट दोहाबाट काठमाडौं आएकी शोभा विश्वकर्माबाट १ सय ४ ग्राम तौलको बेरुवा औँठी १ थान, ब्रासलेट १ थान, सिक्री १ थान र लकेट २ थान तथा सरिता श्रेष्ठबाट जम्मा ८० ग्राम तौलको सिक्री १ थान र बेरुवा औँठी १ थानसहित फेला पारी बिहीबार पक्राउ गरेको हो।विमानस्थलको भन्सार क्षेत्रमा चेकजाँच गर्दा शोभा विश्वषकर्माको साथमा १ सय ४ ग्राम तौलको बेरुवा औठी १ थान, ब्रासलेट १ थान, सिक्री १ थान र २ थान लकेट फेला परेको थियो ।

 

त्यस्तै सरिता श्रेष्ठको साथबाट ८० ग्राम तौलको सिक्री १ थान र बेरुवा औठी १ थान फेला परेको प्रहरीले जनाएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट पक्राउ परेका उनीहरूलाई आवश्‍यक अनुसन्धान एवं कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।