२०८० चैत्र १६ , शुक्रवार

सनराइज बैंकद्वारा घोडाघोडी बहुमुखी क्याम्पसलाई फिल्टर सहयोग

सुनाखरी न्युज/ काठमाडौं । सनराइज बैंकले सुदूरपश्चिम प्रदेशको कैलालीमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसलाई वाटर प्युरिफायर सहयोग गरेको छ ।

 

४ जेठमा आयोजित एक कार्यक्रममा बंैकका नायब महाप्रबन्धक रविनकुमार नेपालले घोडाघोडी बहुमुखी क्याम्पसका अध्यक्ष विष्णुप्रसाद सापकोटा र क्याम्पस प्रमुख लक्ष्मीप्रसाद भट्टराईलाई हस्तान्तरण गरेका थिए ।

 

बैंकले सहयोग गरेको वाटर प्युरिफायरबाट विद्यार्थीहरुले शुद्ध पिउने पानी र स्वस्थ रुपमा पठनपाठनमा मद्धत पुग्ने क्याम्पसका अध्यक्ष सापकोटाले बताए । सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण लगाएतका क्षेत्रमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गदै जाने बैंकले जनाएको छ ।