२०८० चैत्र १५ , बिहिवार

रेडमीको नेक्स्ट जेन : रेडमी बड्स ४ र रेडमी बड्स ४ लाइट लन्च

सुनाखरी न्युज/ काठमाडौं । शाओमी नेपालले भर्खरै आफ्नो नयाँ वायरलेस इअरबड्स रेडमी बड्स ४ र रेडमी बड्स ४ लाइट लन्च गरेको छ। यी दुवै इअरबड्स आफ्नो मूल्यका लागि उत्कृष्ट विशेषताहरुले भरिएका छन्।

 

जोरदार र स्पष्ट साउन्ड प्रदान गर्ने १० एमएम डाइनामिक ड्राइभसहित आउने यस रेड्मी इअरबड्स ४ मा संगीतलाई अझै महसुस गर्न हाइब्रिड नोइज क्यान्सिलेसन प्रविधि पनि छ। डुअल ट्रान्सपरेन्सी मोडसँग आउँने यस इअरबड्सले प्रयोगकर्तालाई आफ्नो वरपरको वातावरणसंग पनि कनेक्ट राख्दछ। आईपी५४ प्रोटेक्सन लेभलका लागि इन्जिनियर गरिएको भएर प्रयोगकर्ताले यसलाई जिम वा लामो यात्रा जहाँ पनि लिएर जान सक्नछन्।

 

रेडमी बड्स ४

रेडमी बड्स ४ ले इन–गेम अडियो लेटन्सी प्रदान गर्न ब्लुटुथ® ५.२ प्रोटोकल प्रयोग गर्दछ। ता कि प्रयोगकर्ताले छिटो निर्णयहरु लिन सक्नेछन् भने अरुभन्दा अगाडि रहन सक्नेछन्। रेडमी बड्स ४ को ब्याट्री लाइफ पनि त्यतिकै टिकाउ छ। जसले एकपटक चार्ज गर्दा ६ घन्टासम्मको प्लेब्याक प्रदान गर्दछ र चार्जिङ केसले थप ३० घन्टाको ब्याट्री लाइफ प्रदान गर्न सक्दछ।

रेडमी बड्स ४ लाइट

एआई नोइज क्यान्सिलेसनका साथसाथै संगीत र कलको लागि टच कन्ट्रोलहजडित रेडमी बड्स ४ लाइटमा १२ एमएम डाइनामिक ड्राइभर रहेको छ। यी इअरबड्स आईपी५४ जडित छन्। यसको मतलब यिनीहरु धुलो र पनि प्रतोरोधी छन्। जसले गर्दा धेरै पसिना आउने अवस्थाका लागि पनि यी इअरबड्स उपयुक्त छन्।

 

रेडमी बड्स ४ लाइटमा भिडियो हेर्दा वा गेम खेल्दा अडियो ल्याग कम गर्ने लो लेन्सी मोडका साथसाथै राम्रो र छिटो अनुभवका लागि ब्लुटुथ® रहेको छ। रेडमी बड्स ४ लाइटले सिंगल चार्जमा चार्जमा ५ घन्टासम्मको प्लेब्याक प्रदान गर्दछ र चार्जिङ केसले थप २० घन्टाको ब्याट्री लाइफ प्रदान गर्न सक्छ।

 

रेडमी बड्स ४ को मूल्य रु. ६ हजार ९९९ हो भने रेडमी बड्स ४ लाइटको मूल्य ३ हजार ४९९ रुपैयाँ हो। आफ्नो मूल्यका लागि उत्कृष्ट अनुभव प्रदान गर्ने यी दुवै एअरबड बजारमा उपलब्ध सबैभन्दा शुपथ वायरलेस एअरबडमध्ये एक हो।