२०८१ बैशाख १५ , शनिवार

भन्सार छलि लैजान लागेको सुन जस्तो देखिने धातु सहित दुई जना पक्राउ

सुनाखरी न्युज/ काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध रूपमा भन्सार छलि लैजान लागेको जम्मा १ सय ८४ ग्राम तौलको सुन जस्तो देखिने पहेंलो रंगको धातुसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैंचा नगरपालिका-७ वतन भएकी ४० वर्षीया शोभा विश्व कर्मा र रामेछाप, रामेछाप नगरपालिका-५ रामपुर वतन भएकी २९ वर्षीया सरिता श्रेष्ठ रहेका छन् ।

हिमालय एयरलाईन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएकी शोभा विश्वषकर्मालाई १ सय ४ ग्राम तौलको बेरुवा औठी १ थान, ब्रासलेट १ थान, सिक्री १ थान र लकेट २ थान तथा सरिता श्रेष्ठलाई जम्मा ८० ग्राम तौलको सिक्री १ थान र बेरुवा औठी १ थानसहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्याक अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।