२०८१ बैशाख १२ , बुधवार

‘जीवनमा चार–पाँच जनामात्रै साथी हुनु राम्रो’

सुनाखरी न्युज/ काठमाडौं । जीवनमा कति साथी चाहिन्छ ? सायद तपाईंले यो कहिल्यै याद गर्नु भएको छैन । तर हालैको एउटा पुस्तकले धेरै साथी हुनु राम्रो कुरा होइन भनी दाबी गरेको छ । सामाजिक सञ्जालको जमानामा साथीभाइको ठूलो सञ्जाल हुनु सामान्य कुरा हो । तर बेलायतकी प्रसिद्ध लेखिका तथा सम्बन्धविज्ञ एलिजावेथ डे भन्छिन्, ‘धेरै नजिकका साथीहरू हुनुले तपाईमा नकारात्मक असर पार्न सक्छ । मानिसहरूले तपाईंलाई कम गम्भीर रूपमा लिन थाल्छन् ।

 

एलिजावेथले आफ्नो नयाँ पुस्तक ‘फ्रेन्डहोलिक’ मा चारदेखि पाँच जना साथी मानसिक स्वास्थ्यका लागि राम्रो हुने बताएकी छन् । सात जनाभन्दा बढी साथी हुने प्रवृत्तिलाई डिप्रेसनको बढ्दो लक्षणसँग जोडिएको पाइएको छ । एलिजावेथले यो तथ्य आफैंलाई जोडेर बताउँछिन् । वास्तवमा, उनले लकडाउनमा लामो समयसम्म एक्लो महसुस गरिन् । उनी भन्छिन्, ‘यस अवधिमा मैले धेरै साथीहरू बनाएँ र उनीहरूसँग सम्पर्कमा रहें । तर सबैसँग सम्पर्क कायम राख्न सम्भव भएन । म तिनीहरूमध्ये धेरैलाई चिन्दिनँ पनि । त्यसैले त केही मान्छे नराम्रो साथी साबित भयो ।’ एलिजावेथ भन्छिन्, ‘मानिसहरू जसको लागि तपाईंले सबै कुरा छोड्नुहुन्छ । बिहान ४ बजे पनि ती साथीको कल उठाउनुहुन्छ । तपाईं पक्का हुनुहुन्छ कि उनी दुःखको समयमा तपाईंको साथमा उभिन्छन् । यस्ता मानिसहरु मुट्ठीभर मात्रै हुन्छन् । सबैसँग नजिक हुनु जरुरी छैन ।’

 

एलिजावेथ, जसले धेरै दुःख भोगेकी छिन् । भन्छिन् कि यस्ता दुखद क्षणहरूले तपाईका साथीहरू वास्तवमा को हुन् भनेर बहुमूल्य पाठ दिन्छ । ‘म भाग्यमानी छु कि यस्ता साथीहरु पाएको छु ।’ उनले सबैभन्दा मिल्ने साथी एम्माको बारेमा भनिन् । एम्मा सधैं उनलाई साथ दिन्छिन् । उनले बदलामा एलिजावेथबाट केही चाहँदैनन् । एलिजावेथले एसियाली देशहरूको अध्ययनको उदाहरण दिन्छिन् । उनका अनुसार यहाँका मानिसहरू मित्रतामा समानता र संस्कृतिलाई महत्त्व दिन्छन् । त्यसैले मित्रता लामो समय सम्म टिक्ने उनको भनाई छ । धेरैजसो मानिसहरूले धेरै साथीहरू हुनु सामाजिक अन्तरक्रियाको लागि ठूलो बाधा हो भनेर बुझ्दैनन् । किनभने मानिसहरूले तपाईलाई मित्रताको जिम्मेवारीहरू लिन कम सक्षम भएको ठान्छन् । व्यक्तित्व र सामाजिक मनोविज्ञान जर्नलमा गरिएको एक अध्ययन अनुसार, मानिसहरू कम साथीहरू भएका मानिसहरूसँग जोडिन रुचाउँछन् । यो तथ्यले गलत साबित गरेको छ कि तपाईको सर्कल जति ठूलो हुन्छ उति धेरै मानिसहरू साथी बन्न चाहन्छन् ।एजेन्सी