२०८१ बैशाख १४ , शुक्रवार

सिटिजन्स बैंक र अरोगिन हेल्थ केयर प्रा.लि.बीच समझदारी

सुनाखरी न्युज/ काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड रबिशालनगर,काठमाडौंस्थित अरोगिन हेल्थ केयर प्रा.लि.बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरू लाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले अरोगिन हेल्थ केयरमा ४५% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्य बाट बैंकका ग्राहकहरु लाभान्वितहुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यम बाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३९ वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरु बाट करिव १५ लाख ६५हजार ग्राहकवर्ग लाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।