२०८१ बैशाख ८ , शनिवार

नेप्सेमा उच्च अंकको वृद्धि

सुनाखरी न्युज/ काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले बढेको छ । आज नेप्से ३२.३० अंकले बढेर एक हजार ८ सय ७७ दशमलब ३२ विन्दुमा बन्द भएको हो ।

बुधबार २३.३९ अंकले बढेर एक हजार ८ सय ४५ दशमलब ०१ विन्दुमा बन्द भएको थियो । नेप्से बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज नेप्सेमा एक अर्ब ४७ करोड ४७ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । बुधबार नेप्सेमा ८५ करोड ७६ लाख २४ हजार रुपैयाँ बराबरको मात्रै कारोबार थियो । आज कारोबार भएका २०४ कम्पनीको शेयरमूल्य बढेको छ भने ११ कम्पनीको शेयरमूल्य घटेको छ । यसका साथै ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

 

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । हिमालय उर्जा विकास कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २८१.६० रुपैयाँ पुगेको छ । त्यस्तै, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १०२६.७० रुपैयाँ पुगेको छ । नेप्सेका अनुसार एनआईबीएल ग्रोथ फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ३ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको आज ८ करोड ६३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।