सुनाखरी न्युज / काठमाडौं – उपत्यकासहित देशभर आगामी तीनसम्म मौसम नखुल्ने भएको छ । अहिले देशका विभिन्न स्थानमा मौसम बदली भइरहेको र त्यो क्रम अझै केही दिन रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। आज दिउँसोदेखि देशका केही स्थानमा वर्षा हुने अनुमान गरिएको छ ।
पहाडी भूभागका केही स्थानमा पनि मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले अनुमान गरेको छ । राती भने कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने र देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, कोशी प्रदेशका थोरै वा गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने महाशाखाको अनुमान छ । शनिबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । साथै, पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।
राती भने पहाडी भूभागमा आंशिक बदली रहनेछ भने कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।