२०८१ बैशाख ७ , शुक्रवार

गुणकारी गुराँसको फूलबाट हुने फाइदाहरु

सुनाखरी न्युज / काठमाडौं –  यतिबेला गुराँस फूल्ने मौसम सुरु भइसकेको छ । पहाडी क्षेत्रमा ढकमक्क गुराँस फूलेर जंगलनै हराभरा भएको होलान् । यो जंगलमा फुल्ने यस्तो फूल हो, जसको सौन्दर्यमा जो कोहि मोहित हुन्छन् ।

 

गुराँसको फूललाई जुस बनाएर पिउन सकिन्छ । यस्तै गुराँसको फूलका पात पनि स्वास्थ्यका लागि फाइदाजनक हुन्छन् । त्यसैले त्यस्ता पातको चिया बनाएर पनि पिउन सकिन्छ ।प्राचिन समयमै आर्युवेदमा गुराँस फूलको प्रयोग हुँदै आएको छ । यो रातो, गुलावी, सेतो आदि रंगको हुन्छ । समुन्द्री सतहबाट १५०० देखि ३६०० मिटरको उचाईमा गुराँस पाइन्छ ।

– रातो रंगको गुराँस पोषकतत्वले भरिपूर्ण मानिन्छ । यसको औषधिय गुण पनि उत्तिनै छ ।

– गुराँसको जुस कलेजो, मृगौला जस्ता समस्यामा निकै उपयोगी हुन्छ ।

– हृदय रोगलगायत केहि गंभिर रोगमा समेत गुराँसको जुस सेवन गर्नु लाभदायक हुन्छ ।

 

– गुराँसको जुस बनाएर सेवन गर्दा हड्डीको दुखाई समेत ठीक हुन्छ ।

– उच्च रक्तचाप नियन्त्रणका लागि पनि गुराँस उपयोगी मानिन्छ ।

– घाँटीमा कुनै खानेकुरा अड्किएको बेला गुराँस खानुपर्छ, ठीक हुन्छ ।

 

पेट पोल्न कम हुन्छ

गुराँसले छाला तथा पेटमा हुने खालको जलनमा आराम दिन्छ । गर्मीमा गुराँसको फूलको शर्वत बनाएर पिउने गरेमा छाला तथा पेटमा हुने जलन कम हुँदै जान्छ ।

मधुमेहका लागि फाइदाजनक

गुराँसको फूल मधुमेहका बिरामीका लागि पनि एकदमै फाइदाजनक हुन्छ । जसले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्दछ ।

हेमोग्लोबिन बढाउँछ

एनिमियाको समस्या भएमा गुराँसको फूल प्रयोग गर्नु एकदमै फाइदाजनक मानिन्छ । गुराँसको फूलमा आइरनको मात्रा भरपूर रुपमा पाइन्छ जसले हेमोग्लोबिन बढाउन सहयोग गर्दछ । हेमोग्लोबिन बढेमा शरीरमा रगतको आपूर्ति पनि बढ्न थाल्छ ।