२०८१ बैशाख ६ , बिहिवार

ज्योति क्यापिटलको अध्यक्षमा कपिल ढकाल नियुक्त

सुनाखरी न्युज/ काठमाडौं । ज्योति क्यापिटलको अध्यक्षमा कपिल ढकाल नियुक्त भएका छन् । ज्योति क्यापिटल लिमिटेडको जेठ ३ गते बुधबार सम्पन्न सञ्चालक समितिको २७ औं बैठकले ज्योति विकास बैंकबाट सञ्चालक मनोनित भई आएका बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललाई क्यापिटलको अध्यक्ष पदमा नियुक्त गरेको हो ।

 

प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट् रहेका श्री कपिल ढकालसंग डिलोईट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया, हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेको अनुभव रहेको छ । यसका साथै, उनले एनआईसी एसिया क्यापिटल लिमिटेड तथा एनआईसी एसिया लघुवित्त वित्तीय संस्थामा समेत अध्यक्षको रुपमा सफल कार्यकाल बिताएका थिए ।

 

ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको यस क्यापिटलको चुक्ता पुँजी २१ करोड रहेको छ । यस क्यापिटलले चालु आ.व.२०७९/८० को तेस्रो त्रैमाससम्म रु.१ करोड २४ लाख ७१ हजार ३ सय ९ रुपैया मुनाफा गरेको छ ।