२०८१ बैशाख १४ , शुक्रवार

श्रीमतीको हत्यापछि सेफ्टी ट्याङ्कीमा फ्याँकेर भाग्ने श्रीमान् पक्राउ

सुनाखरी न्युज/ काठमाडौँ –  श्रीमतीको हत्यापछि सेफ्टी ट्याङ्कीमा फ्याँकेर भाग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर ६ फगामका गर्भे विकलाई काठमाडौँको सतुंगलबाट पक्राउ गरेको हो ।

 

उनले फागुन २० गते सुनछहरी गाउँपालिका वडा नम्बर ६, फगाम घर भएकी २६ वर्षीया केशु विकको हत्या गरेको अनुसन्धानमा खुलेको छ। हत्या गरी कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ५, चन्द्रौटास्थित प्रयोगमा नआएको बस गाडीको रिफ्रेस सेन्टर भवनको सेफ्टी ट्याङ्कीमा फ्याँकी फरार भएको प्रहरीले जानकारी दिएको छ।

 

काठमाडौंको सतुंगलबाट पक्राउ परेका उनलाई थप अनुसन्धानको लागि वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तु पठाएको प्रहरीले जानकारी दिएको छ।