२०८१ बैशाख १३ , बिहिवार

सलमान खानकी बहिनी अर्पिताको घरमा लाखौंको चोरी

सुनाखरी न्युज/ मुम्बई – बलिउड अभिनेता सलमान खानको बहिनी अर्पिता को घरमा करिब ५ लाख रुपैयाँ बराबरको चोरी भएको छ । अर्पिता आफ्नो पति आयुषसँग बान्द्रामा रहेको प्यासिफिक अपार्टमेन्टमा बस्दै आएकी थिइन् । अर्पिताको तर्फबाट खार प्रहरी थानामा चोरीको मामिला दर्ता गरिएको छ ।

 

उनको घरबाट ५ लाख भारूको गहना चोरी भएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ। गहना चोरी भएपछि अर्पिताले खार प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्। छानबिनको क्रममा प्रहरीले उनकै घरमा काम गर्ने सन्दिप हेगडेलाई पक्राउ गरेको छ। सन्दिपले १६ मेमा ५ लाख पर्ने हिराको झम्का चोरेका थिए। प्रहरीले उक्त रात नै सन्दिपको घरबाट झुम्का बरामद गरेको हो।

 

सन्दिप अर्पिताको घरमा ४ महिनादेखि काम गरिरहेका थिए। सन्दिप बाहेक अर्पिताको घरमा अन्य ११ जना पनि काम गर्छन्। अर्पिताको सन् २०१४ को नेभेम्बरमा हिमाञ्चल प्रदेशका आयुष शर्मासँग विवाह भएको थियो । गत मार्च अर्पिताले छोरालाई जन्म दिएकी थिइन् ।