२०८१ बैशाख ७ , शुक्रवार

कुहिनो र घुँडामा हुने कालोपन हटाउने घरेलु उपाय

सुनाखरी न्युज / काठमाडौं – साधारणतया हाम्रो हातको कुहिनो र घुँडाको भाग शरीरको अन्य भागको तुलनामा बढी कालो हुने गर्दछ । केही बाहिय कारण तथा थिचिएका कारण शरीरको अन्य भागको तुलनमा ती भाग बढी कालो देखिन्छ । जसबाट कहिलेकाही हामीलाई असहजता समेत पैदा गर्छ । यस्तो अवस्थामा तपाईंले छालाको हेरचाह गर्न केही टिप्स अपनाएर कुहिनो र घुँडाको छाला मिनेटमै सफा गर्न सक्नुहुन्छ ।

 

कागतीको रस स् कागतीको रसमा साइट्रिक एसिड हुन्छ । कागती काटेर आधा टुक्रा कुइनो वा घुडामा समान्य रुपमा घसेर प्रयोग गर्न सक्नु हुन्छ अथवा कागतीलाई राम्ररी निचोरेर एउटा भाँडामा रस निकालेर सफ्ट जालीको माध्यमबाट ती भागमा घस्न सकिन्छ । अर्को उपाय कागतीको रसमा चिनी हाल्ने र विस्तारै कुहिनो र घुँडामा लगाउने केही छिन त्यत्तिकै छाडने । जव यो सुख्खा हुन्छ मनतातो पानीले यो धुने गर्नुपर्छ । तपाईले कागती काटेर कुहिनामा घोटन पनि सक्नुहुन्छ ।

 

आलुको रस लगाउनुहोस आलुको रस कुहिनो र घुँडाको फोहोर र कालोपन हटाउन पनि प्रयोग गर्न सकिन्छ । यसका लागि दुई वटा आलुलाई ताछ्नुहोस् र त्यसपछि यसलाई कोरेसोमा कोर्नुहोस । त्यसपछि यसलाई निचोरेर रस निकाल्नुहोस । अब यो रसलाई छालामा लगाएर १५ मिनेटका लागि छोड्नुहोस । त्यसपछि दुई मिनेटसम्म रगड्नुहोस् र सफा पानीले धुनुहोस । यसले छाला सफा र नरम हुनेछ ।

 

दूध–एलोभेरा जेलको मद्दत लिनुहोस एलोभेरा जेल र दूधको मद्दतले तपाईं घुँडा र कुहिनोको कालोपन हटाउन सक्नुहुन्छ । यसका लागि राति सुत्नुअघि दुई चम्चा एलोभेरा जेलमा त्यति नै मात्रामा दूध मिसाउनुहोस । त्यसपछि यो मिश्रण कुहिनो र घुँडामा राम्रोसँग लगाउनुहोस र सुत्नुहोस । बिहान सफा पानीले धुनुहोस । यसले छालाको कालोपन पनि हटाउँछ ।