२०८१ बैशाख १३ , बिहिवार

माईखोला हाइड्रोपावरको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

सुनाखरी न्युज/ काठमाडौं । धितोपत्र दोस्रो बजारमा जेठ २ गते सूचीकृत भएको माईखोला हाइड्रोपावरले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले शेयर रजिष्ट्रामा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

 

शेयर रजिष्ट्रार नियुक्त भएसँगै कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी लगाएतका शेयरधनीहरूको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य प्रभु क्यापिटलले गर्नेछ । यस कम्पनीको धितोपत्र दोस्रो बजारमा ३९ लाख २१ हजार ५६८ कित्ता शेयर सूचीकृत रहेको छ ।

 

कम्पनीले सर्वसाधारणमा वैशाख ८ गतेदेखि १२ गतेसम्म आईपीओ निष्कासन गरी वैशाख १९ गते बाँडफाँट गरेको थियो । यस कम्पनीले इलाम जिल्लामा निर्माण गरेको ३ मेगावाट क्षमताको सुपरमाई क्यासकेड जलविद्युत आयोजनाबाट २०७७ असार ३१ गतेदेखि विद्युत विक्री गर्दै आएको छ । उक्त आयोजनाको कुल लागत ६१ करोड १३ लाख ९२ हजार ६७५ रुपैयाँ रहेको छ भने प्रति मेगावाट लागत २० करोड ३७ लाख ९७ हजार ५५८ रुपैयाँ छ ।