२०८१ बैशाख ११ , मंगलबार

सगरमाथा आरोहण गर्न आएका भारतीय नागरिकको लेक लागेर मृत्यु

सुनाखरी न्युज/ काठमाडौं । सगरमाथा क्षेत्रमा लेक लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा सगरमाथा क्षेत्र भ्रमणमा आएकी ५९ वर्षीया सुजान लियोपोल्डिना ज्युस रहेकी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

 

कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक श्रेष्ठका अनुसार सगरमाथा आरोहणका लागि आएकी ज्युसलाई जेठ ३ गते आधार शिविरमा लेक लागेर बिरामी भएपछि हेलिकप्टर मार्फत लुक्ला झारिएको थियो।

 

लुक्लाको पासाङ ल्हामु निकोलनिकी अस्पतालमा उपचारको क्रममा उनको बिहीबार बिहान ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। शवको कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।