सुनाखरी न्युज/ काठमाडौं । बुधबार बिहान चट्याङ पर्दा जिल्ला प्रशासन कार्यालय रामेछापकाे कम्प्युटर र इन्टरनेटका उपकरणमा क्षति पुगेको छ ।
मन्थलीमा बुधबार बिहान हावाहुरी र चट्याङसहित पानी परेको थियो । हावाहुरी र चट्याङका कारण जिल्ला प्रशासन कार्यालय रामेछापले दिने सेवा बुधबार बिहानैदेखि प्रभावित भएकाे छ । कार्यालयले इन्टरनेट, टेलिफोन, राउटर लगायतका उपकरण मर्मत गरेर सामान्य सेवा बुधबार अपराह्नदेखि सञ्चालनमा ल्याएको छ ।
राहदानी सेवा भने अझै अवरुद्ध छ । सेवा अवरूद्ध भएपछि राहदानी सिफारिस सेवा अर्को व्यवस्था नभएसम्मका लागि बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए ।