२०८१ बैशाख ७ , शुक्रवार

बालकृष्णलाई बोक्दा कांग्रेस डुब्छ, तत्काल निलम्बन गरौं : कोइराला

सुनाखरी न्युज/ काठमाडौं । कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई तत्काल निलम्बन पर्ने बताएका छन् ।

 

पक्राउ परेपछि खाँणलाई निलम्बन गर्ने/नगर्ने विषयमा पार्टीभित्र मतभेद भएको बेला गम्भीर आरोप लागेका व्यक्तिलाई ढाकछोप गर्न नहुने बताएका हुन् । कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन कमजोर बनाउने प्रयास भइरहेको आशंका गरेका छन् ।

 

‘यसलाई ढाकछोप गर्न खोजियो भने कांग्रेसको अवस्था के हुन्छ भनेर अहिले म भन्न सक्दिनँ’, उनले भने, ‘कांग्रेसमात्रै होइन देशकै अवस्था नाजुक भएर जान्छ । यो मुद्दा अन्तर्राष्ट्रियकरण भइसक्यो । बालकृष्ण खाँणजीलाई निलम्बन गरौं ।’