२०८० चैत्र १६ , शुक्रवार

शाहरुखले अस्वीकार गरे ‘डन ३’ को अफर 

सुनाखरी न्युज / यो श्रृंखलामा भने शाहरुख खान नदेखिने गसिप बलिउडमा फैलिएको छ। शाहरुखले डनको फ्रेन्चाइजी छोड्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमको दाबी छ। ‘डन ३’ मा आफ्नो भूमिकालाई शाहरुखले निरन्तरता नदिने पिंकभिल्लाले उल्लेख गरेको हो।

 

फरहान अख्तरले अमिताभ बच्चन, शाहरुख खान र एक नयाँ अभिनेतालाई लिएर फिल्म बनाउने योजना बनाएका थिए। तर, अख्तरको तीन पुस्ता लिएर फिल्म बनाउन  आइडिया शाहरुखलाई मन नपरेको दाबी गरिएको छ। शाहरुख र निर्माण पक्षले भने यसबारेमा केही बोलेका छैनन्।शाहरुख खान र प्रियंका चोपडा अभिनित ‘डनस् द चेज बिगिन्स अगेन’ हिट फिल्म हो। फरहान अख्तर निर्देशित यो फिल्म सन् २००६ मा रिलिज भएको थियो।

 

‘फरहान अख्तर र रितेश सिधवानीले शाहरुख खानसँग धेरैपटक डन ३ को बारेमा कुरा गरेको समाचारमा उल्लेख छ। कोरोना भाइरस महामारीअघि ‍फिल्मकोआइडियामाथि छलफल भएको थियो। त्यसपछि नै स्क्रिप्टको काम अगाडि बढेको थियो। तर, हालैको भेटघाटमा शाहरुख यस समयमा फेरि डनको रूपमा फर्कन इच्छुक नभएको पिंकभिल्लामा उल्लेख छ।