२०८१ बैशाख ७ , शुक्रवार

तारकेश्वर नगरपालिकास्थित शेषमति खोलामा खस्यो यात्रुबाहक बस

सुनाखरी न्युज/ काठमाडौं । तारकेश्वर नगरपालिकास्थित शेषमति खोलामा यात्रुबाहक बस खसेको छ ।

काभ्रेस्थलीबाट रत्नपार्क जाँदै गरेको बा ३ ख ६३६७ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई शेषमति पुलनजिकै खोलामा खसेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ । दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते हुने मोटरसाइकल चालक हुन् ।

May be an image of 2 people

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

May be an image of 1 person, motorcycle, scooter and text