२०८० चैत्र १६ , शुक्रवार

एलिजाको प्रष्टीकरण– ” पार्टीको इमानदार सिपाही भएको नाताले खबरदारी गर्नु मेरो कर्तव्य हो “

सुनाखरी न्युज / काठमाडौं – नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य एलिजा गौतमले पार्टीको इमानदार सिपाही भएको नाताले सरकारलाई खबरदारी गर्नु आफ्नो कर्तव्य भएको बताएकी छिन ।पार्टीका संरक्षक रेशम चौधरीलाई जन्मकैदको फैसला सदर गर्ने सर्वोच्च अदालतको फैसलापछि गौतमले मंगलबार साँझ युट्युबरमाझ चौधरीलाई रिहा नगरे देशमा आगो बल्ने चेतावनी दिएकी थिइन्।

 

रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला यथावत् राखेपछि नागरिक उन्मुक्ति पार्टी विरोधमा उत्रिएको छ । उनले रेशम चौधरीबारे भनेकी छिन , ‘म आबद्ध पार्टीका नेता रेशम चौधरी यति बेला जेलमा हुनुहुन्छ । पार्टीले केन्द्रीय सदस्य र महिला विभाग प्रमुखको जिम्मेवारी दिएको छ । अदालतको फैसला हाम्रो पक्षमा नआउँदा लाखौँ कार्यकर्ता निराश छन ।

 

पार्टीको इमानदार सिपाही भएको नाताले आक्रोशमा केही बोल्नु, सरकारलाई खबरदारी गर्नु मेरो कर्तव्य हो ।’आफू राजनीतिक सिकारु भएको भन्दै उनले आफूभित्र भएका कमजोरी सुधार्दै लैजाने प्रतिबद्धता व्यक्त गरेकी छन्। समाजका लागि केही गरौं भन्ने हुटहुटीले राजनीतिमा जोडिएको भन्दै आगामी दिनमा पनि सुझाव दिन उनले आग्रह गरेकी छन्।