२०८० चैत्र १६ , शुक्रवार

सिलिन्डरमा कति ग्यास बाँकी छ भनेर थाहा पाउने तरिकाहरु

सुनाखरी न्युज  / काठमाडौं  –  तपाईं केही साधारण टिप्स अपनाएर खाना पकाउने बेला आइपर्ने यस्ता समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ । कतिपय अवस्थामा खाना पकाउँदा पकाउँदै बीचमा नै अचानक ग्यास सकिन्छ । आजकाल धेरैले अतिरिक्त ग्यास सिलिन्डर पनि राख्ने गर्छन तर विभिन्न कारणले गर्दा कतिले यस्तो गर्न सकिरहेका हुँदैनन । दुई वटा ग्यास सिलिन्डर भएकालाई त समस्या नहोला तर एउटा मात्रै ग्यास सिलिन्डर भएकाहरूको ग्यास खाना पकाउँदा पकाउँदै सकियो भने यसले समस्या निम्त्याउँछ । त्यसैले सिलिन्डरमा कति ग्यास बाँकी छ भनेर थाहा पाउने तरिकाबारे जानकारी दिँदै छौँ ।

 

कति ग्यास बाँकी छ भनेर यसरी अन्दाज लगाउनुहोस – सिलिन्डरमा कति ग्यास बाँकी छ भनेर थाहा पाउनको लागि आगोको रङमा ध्यान दिन सक्नुहुन्छ । सामान्यतया ग्यासको ज्वाला निलो जल्छ । तर जब ग्यास सकिन थाल्छ तब पहेँलो वा रातो हुन्छ ।

यति मात्र होइन, भिजेको कपडाको प्रयोग गरेर पनि बाँकी रहेको इन्धन पत्ता लगाउन सकिन्छ । यसका लागि पानीमा भिजाइएको कपडा निचोर्नुहोस् र यो कपडालाई सिलिन्डरमा बेर्नुहोस् । त्यसपछि एक मिनेट पछि कपडा हटाउनुहोस् । यसले गर्दा ग्यास सिलिन्डरको खाली भागमा पानी छिट्टै सुक्छ र इन्धन भएको भाग बिस्तारै सुक्नेछ ।

 

कुकर कसरी प्रयोग गर्ने – कुकरको सिट्ठीबाट पानी नआओस् भन्नका लागि दाल वा तरकारी पकाउँदा कुकुरभित्र एउटा सानो कचौरा राख्नुहोस् । यसका साथै, कुकरको बिर्को वरिपरि तेल पनि लगाउन सक्नुहुन्छ ।

यसो गर्दा पनि कुकरबाट पानी निस्कँदैन । साथै, कुकरको रबर खुकुलो त भइरहेको छैन भनेर समय९समयमा जाँच गरिरहनुहोस् र सिट्ठीलाई राम्ररी सफा गर्न नबिर्सनुहोस् ।