२०८१ बैशाख ७ , शुक्रवार

तिम्रो सामिप्यता आनन्द लाग्छ

शालिक राम घले ।

जूमको शितल चौतारीमा
तिम्रो वाणिको जब वर्षा हुन्छ
तिम्रो मालाको आलिङ्गनमा
प्रवचनको अदभुत स्वाद लिदै
दील यो भित्रै आनन्दित हुन्छ
नयाँ उर्जाले तन तरंगित हुन्छ
अन्तस्करणमा प्रज्वलित दीप बल्छ
दिपको मधुरो प्रकाशमा
ध्यानको शितल छहारी हुन्छ
ध्यानमा डुब्दै डुब्दै
खुमारीको अनौठो स्वाद मिल्छ
सन्सारीक वाणि रुक्छ
मधुर नाद बज्छ
विशाल आकाश झुक्छ
गगनको पुन्ज चम्कन्छ्
अस्त्तित्व यो आफै पनी
नतमस्तक भई
स्थिर हुन्छ
चेतनाको इतिहास फेरिन्छ
मनस्थितिको परिस्थिति फेरिन्छ
मुटुको धड्कन शान्त हुन्छ
सबेरै उठने आदत जाग्छ
भावनाहरु भाव भैदिन्छ
चाहनाहरु हराइ दिन्छ
आत्मा सङ्ग परमात्मा जोडिदा
तिम्रो सामिप्यता आनन्द लाग्छ !!