२०८१ बैशाख १३ , बिहिवार

देशका पहाडी भेगमा र लुम्बिनी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

सुनाखरी न्युज/ काठमाडौं । पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभावका कारण अहिले देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

 

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागका केही स्थानहरूमा साथै लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

 

राति कोशी प्रदेशका साथै देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ।