२०८१ बैशाख ७ , शुक्रवार

कामना सेवा र अरोगिनहेल्थ केयर एण्ड रिसर्च, बिशालनगर बीच सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । कामना सेवाविकास बैंक र अरोगिन हेल्थ केयर एण्ड रिसर्च, विशालनगर बीच सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता अन्तर्गत कामना सेवाविकास बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले काठमाडौं, विशालनगर स्थित अरोगिन हेल्थ केयर एण्ड रिसर्चले प्रदान गर्ने कपाल प्रत्यारोपण र हेयरफल ट्रिट्मेन्टमा मा ४५% सम्मको छुट, स्किन केयरमा ३०% सम्म, डेन्टल केयरमा २०% सम्म, डे केयर (२४÷७नर्सिङ्ग केयर) मा १५% सम्म, फिजियोथेरापीमा ५%, ल्याब सेवामा २५% सम्मको आकर्षक छुटहरु प्राप्तगर्न सक्नुहुनेछ ।

बैंकसँग आबद्धताको आधारमा यो सुविधा सहजै प्राप्तगर्न सकिनेछ र यस सम्झौता बाट सम्पूर्ण महानुभावहरुले विशेष लाभलिने बैंकले विश्वास लिएको छ ।