२०८१ बैशाख २६ , बुधवार

पूर्वी नवलपरासीमा अपराधिक घटना लगभग शून्य

सुनाखरी न्युज/ काठमाडौं । जिल्ला प्रहरी कार्यालय नवलपुरमा अपराधिक घटनामा कमी भएको पाइएको छ । ठगी, कालोबजारी, अपहरण तथा शरीर बन्धक, अवैध चन्दा सङ्कलन, सरकारी छाप दस्तखत कीर्ते, सङ्गठित अपराध र हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा जस्ता सङ्गठित अपराध पूर्वी नवलपरासी (नवलपुर) मा लगभग शून्यको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा ७ वटा र ०७७/७८ मा ३ वटा कर्तव्य ज्यान सम्बन्धी मुद्दा रहेकोमा हाल एउटा मुद्दा परेकोमा त्यो पनि किनारा लगाइसकेको प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले बताउनुभयो ।

त्यस्तै, मानव बेचबिखन नथा ओसारपसार, बाल यौन दुरुपयोग तथा दुर्व्यवहार, आत्महत्या र आत्महत्या दुरुत्साहनको सम्बन्धी हुनै पनि मुद्दा नरहेको प्रहरीले जनाएको छ । यसलाई नवलपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारी सभ्य समाजको नमुना भएको बताउनुहुन्छ ।