२०८१ बैशाख १५ , शनिवार

डिजेल र मट्टीतेलको मूल्य घट्यो

सुनाखरी न्युज/ काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा १०/१० रुपैयाँले घटाउने निर्णय गरेको छ ।

 

निगम सञ्चालक समितिको बैठकले पेट्रोल, हवाइ इन्धन र खाना पकाउने ग्यासको मूल्य यथावत राख्ने निर्णय गरेको छ । नयाँ मूल्यसूची अनुसार अब डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ५५ रुपैयाँ पर्नेछ । आज मात्रै भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको थियो । भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूची अनुसार डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ र पेट्रोलको मूल्य ९ रुपैयाँले घटेर आएको थियो ।

 

यसअघि डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु एक सय ६५ थियो । पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ७५, हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर रु एक सय ६०, हवाई इन्धन (बाह्य)को प्रतिलिटर अमेरिकी डलर १.३५० र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार आठ सय कायमै छ ।

May be an image of text