२०८१ बैशाख ८ , शनिवार

मुकेश कायस्थलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

सुनाखरी न्युज/ काठमाडौं ।सरकारले मुकेश कायस्थलाई शहीद घोषणा गरेको छ ।

सरकारले जिउँदो शहीद भनेर चिनिएका मुकेश कायस्थलाई शहीद घोषणा गरेको हो । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले कायस्थलाई राष्ट्रिय शहीद घोषणा गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

२०६२/०६३ सालको जनआन्दोलनमा घाइते कायस्थको गत २८ बैशाखमा निधन भएको थियो ।