२०८१ बैशाख ८ , शनिवार

सुनको मूल्य तोलामै एक लाख ११ हजार एक सय पुग्यो

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ११ हजार रुपैयाँमा कारोबार भएकोमा आज एक सय रुपैयाँले बढेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ११ हजार एक सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५५० रुपैयाँ रहेको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएकोमा पनि सोहि मूल्य कायम भएको महासंघले जनाएको छ ।