२०८१ बैशाख २६ , बुधवार

निर्वाचन पश्चात भाइटल पोस्टमा बस्ने व्यक्ति लाई सहकारी बैंकले कर्जा दिए झै राख्नु पर्छ : रास्वपा सुनवल निवर्तमान अध्यक्ष

सुनाखरी न्युज/ सुनवल । जेठ ४ गते सप्पन्न हुने सुनवल खानेपानी तथा सरसफाई सस्था सुनवल -१ नवलपरासीको निर्वाचनमा आफ्नो एजेन्डा लाई गाउँ गाउँ टोल टोल पुराउन उमेदवार हरु लागि परेका छन तर कस्ले बाजि मार्छ त हेर्न बाकी नै छ ।

 

निर्वाचनलाई लिएर सामाजिक सन्जालमा राष्ट्रिय स्वतन्त्र पार्टिका सुनवल नगर निवर्तमान अध्यक्ष सन्देश लामिछाने लेख्छन :
सुनवल खानेपानी मा चुनाव पश्चात भाइटल पोस्ट मा बस्ने व्यक्ति हरुलाई लाई सहकारी बैंक ले कर्जा दिए झै राख्नु पर्छ। किनभने कर्जा लिने काे दायित्व बोध गरेर ऋण तिर्छन भने खानेपानी मा नी सरकारी बजेट त्यत्रो आको छ ,सम्झौता गरेर जनता लाई खानेपानी महसुल दर घटाउने , स्वच्छ खानेपानी हरेक वार्ड मा पुर्याउने ,संस्था घाटा नहुने गरी भाइटल पोस्ट का व्यक्ति ले आफनो सम्पति धितो राखेर काम गर्ने system बसाल्ने भने चुहावट कम हुन्छ।घाटा भएको खण्ड मा आफ्नो सम्पत्ति बाट तिर्नु पर्ने अनिवार्य नियम बनाउने भने बल्ल सामाजिक काम मात्र गर्ने भनेपछि यति का तछाड मछाड गर्दैनन् पोस्ट का लागि र सञ्चालक समिति ले कुनै पनि भत्ता लिन दिन हुन्न भन्ने मेरो व्यक्तिगत विचार ।

 

सुनवल खानेपानी तथा सरसफाई सस्था सुनवल नगरपालिका वडा नम्बर क्रमशः १,२,३,४,६ र १० का उपभोक्ताले प्रयोग गर्दै आई रहेका छन ।