२०८१ बैशाख १२ , बुधवार

प्रहरीले संसद सचिवालयलाई दियो टोपबहादुर रायमाझी पक्राउ परेको जानकारी

सुनाखरी न्युज/ काठमाडौं । प्रहरीले संसद सचिवालयलाई फरार एमाले सांसद टोपबहादुर रायमाझीलाई पक्राउ गरेको सूचना संसद सचिवालयलाई दिएको छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरी उक्त कुराको पुष्टि गरेका हुन्।

 

आइतबार साँझ प्रहरीले बूढानीलकण्ठबाट रायमाझीलाई पक्राउ गरेको थियो। मंसिरमा भएको निर्वाचनमा रायमाझी अर्घाखाँचीबाट निर्वाचित भएका हुन्। कुनै पनि सांसदलाई नियन्त्रणमा लिएको जानकारी प्रहरीले प्रतिनिधि सभामा जानकारी दिएपछि सभामुखले निलम्बन गर्ने प्रावधान छ।

 

भुटानी शरणार्थीसम्बन्धी ठगी प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि रायमाझी फरार भएका थिए।वैशाख २० गते प्रहरीले पक्राउ पुर्जी जारी गर्दा अर्घाखाँचीमा रहेका रायमाझी त्यसयता फरार थिए। वैशाख ३१ गते रायमाझीलाई बुढानिलकण्ठबाट प्रहरीले पक्राउ गरेको हो।