२०८० चैत्र १६ , शुक्रवार

राजु गिरीको फिल्म ‘नम्बरी सुन’ को शीर्ष गीत सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । राजु गिरी निर्देशित फिल्म ‘नम्बरी सुन’ को शीर्ष गीत सार्वजनिक भएको छ। सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको शीर्ष गीत सार्वजनिक गरिएको हो।

 

राजेश पायल राई र शान्तिश्री परियारको स्वर रहेको गीतमा गौरव पहारी र नम्रता सापकोटाको नृत्य छ। नारायण खातीको शब्द रहेको गीतमा सन्तोष श्रेष्ठले संगीत भरेका छन्। फिल्ममा गौरव र नम्रतासँगै सरोज खनाल, गौरव दर्पण, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बास्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरीलगायत कलाकारको अभिनय छ।

 

सुवर्ण शिभान्स फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा सरोज खाती, सविन खाती र मनोज रिजालको लगानी छ। यो फिल्मको छायांकन लमजुङको भुजुंङ खोला, हेटौंडा, काठमाडौंका विभिन्न ठाउँमा गरिएको हो। दिव्य सुवेदीले छायांकन गरेको फिल्मलाई गौतमराज खड्काले सम्पादन गरेका हुन्।