२०८१ बैशाख ७ , शुक्रवार

अनुहारमा बेसार लगाउँदा हुन्छ अनेकौं फाइदा

सुनाखरी न्युज / काठमाडौं – बेसारमा एन्टिअक्सिडेन्ट, एन्टिइन्फ्लामेटरी गुण पाइन्छ जो छालाका लागि एकदमै आवश्यक हुन्छ । दिनहुँ अनुहारमा रातमा सुतेको बेला बेसार लगाउँदा अनेकौं फाइदा हुन्छन् । यसले छालामा हुने संक्रमण तथा समस्याबाट पनि छुट्कारा दिन्छ ।जसले गर्दा घाउ चोटपटक लाग्दा निको हुन मद्दत गर्छ। बेसारले शरीर बाहिरका रोगदेखि लिएर शरीर भित्रका रोगको पनि निदान गर्ने चिकित्सकले बताएका छन् ।

 

एक कप तातो दूधसँग एक चम्चा दूध मिलाएर पिउनाले शरीरको दुखाइबाट छुटकारा मिल्दछ। साथै ज्वरोबाट पनि छुटकारा पाउन सकिन्छ। बेसारलाई दुखाई कम गर्ने औषधिका रूपमा पनि चिनिन्छ। यसले शरीरमा हुने कुनै पनि दुखाइलाई प्राकृतिक रूपमा निदान गर्छ। बेसारले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नुका साथै अन्य इन्फेक्सनबाट पनि बचाउँछ। विभिन्न संक्रमणबाट बच्न सकिन्छ।यसबाहेक बेसारको पेस्टले कस्तो फाइदा दिन्छ त ? आउनुहोस् यसबारे जानौं

 

– बेसारमा एन्टिइन्फ्लामेटरी गुण हुन्छ जो अनुहार सुन्निने जस्तो समस्या कम गर्न सहयोगी हुन्छ । यसमा पाइने तत्वले छाला सुन्निएको कम गर्छ र अनुहार राम्रो बनाउँछ ।

– अनुहारमा आएका दाना तथा डन्डीफोरका लागि पनि बेसार लगाउनु एकदमै फाइदाजनक हुन्छ । बेसारले ब्याक्टेरियालाई अनुहारमा आउन दिँदैन ।

– अनुहारमा घामको कारणले आएको कालो दागहरू कम गर्न पनि तपाईं रातभर बेसार लगाउन सक्नुहुन्छ । यसको प्रयोगले विभिन्न खाले दाग र धब्बाहरू कम हुँदै जान्छ ।

 

 

– दिनहुँ रातमा बेसार लगाउने गरेमा चाउरीपना पनि कम हुँदै जान्छ । यसले तपाईंको छालाको रंगमा पनि निखार ल्याउने काम गर्दछ ।

– बेसारको प्रयोगले अनुहारमा आएको कालोपनालाई कम गर्दछ र प्राकृतिक चमक ल्याउने काम गर्छ । यसको प्रयोगले छालाको प्राकृतिक गोरोपन आउँछ ।

– अनुहारमा बेसार लगाउने गरेमा छाला कसिलो हुन्छ जसले गर्दा अनुहार जवान देखिन्छ । यदि, सधैं जवान देखिन चाहनुहुन्छ भने रातमा   बेसार लगाउने गर्नुहोस् ।

– मेथीको धूलो, चामलको पिठो वा मकैको पिठोमा बेसार र पानी राखेर बिहान र बेलुका अनुहारमा लगाउने गरेमा डन्डिफोर, चायाँ, दाग विस्तारै ठिक हुँदै जान्छ र अनुहार सुख्खा नभई चम्किलो हुन्छ।  एजेन्सी