२०८१ बैशाख १४ , शुक्रवार

नेपाली सेनाको टोलीद्वारा सगरमाथाको सफल आरोहण

सुनाखरी न्युज/ काठमाडौं । नेपाली सेनाको एक टोलीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ । ‘सफा हिमाल अभियान’मा खटिएको नेपाली सेनाको टोलीले सोमबार बिहान १० बजेर ५ मिनेटमा सगरमाथाको सफल आरोहण गरेको हो ।

 

नेपाली सेनाका कर्णेल किशोर अधिकारीको नेतृत्वमा कप्तानहरु दिपेन्द्रसिं खत्री, विष्णुबल राई र दुई जवानहरु किशोर जवेगु, शंकर कुँवरले सगरमाथा आरोहण गरेका हुन् ।

 

त्यस्तैगरी माउन्टेन गाइडको रुपमा भोजपुरका वोङछु शेर्पा र संखुवासभाका फुर्वा शेर्पा, फुर्वादोर्ची शेर्पा, लाक्पा शेर्पाले पनि सगरमाथाको आरोहण गरेका छन् ।