२०८१ बैशाख १४ , शुक्रवार

बाढीले बगाएर ल्याएको लेदोले एक घर र चारवटा गाडी पुरिए

सुनाखरी न्युज/ काठमाडौं । जिल्लाको रोशी गाउँपालिका वडा नं ९ चिउरीखोलामा बाढीले बगाएर ल्याएको लेदोले एक घर पुरिएको छ भने सोही बाढीले बगाएर ल्याएको लेदोले ४ वटा गाडी पुरिएको छ ।

 

बाढीले बगाएर ल्याएको लेदोले रोशी गाउँपालिका वडा नं ९ का क्षेत्र बहादुर तामाङको घर पुरिएको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ । कार्यालयका अनुसार, आइतबार साँझ ९ बजेको समयमा बाढीले बगाएर ल्याएको लेदोले घर पुरिंदा कुनै मानवीय क्षति भने भएको छैन । घरमा भएका दुई वटा खसी, तीनवटा बाख्रा, अन्नपात र भाँडाकुडा पुरिएको छ ।

 

सोही बाढीले बगाएर ल्याएको लेदोले चारवटा गाडी पुरिएको थियो । लेदोले पुरिएको दुईवटा हायस र दुईवटा जिपमा पनि कुनै मानविय क्षति भएको छैन । लेदोले पुरिएका चारवटा गाडीमध्ये एउटा मात्रै निकालिएको र बाँकी तीन वटा गाडी निकाल्ने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ । बाढीले बगाएर ल्याएको लेदोले अबरुद्ध भएको बि.पी राजमार्ग एकतर्फी सुचारु भएको प्रहरीले जनाएको छ ।