२०८१ बैशाख १३ , बिहिवार

नयाँ फिल्मको तयारीमा दीपक दीपा, छक्कापञ्जाकै अधिकांश कलाकारले गरे पशुपति पूजाआजा

सुनाखरी न्युज / काठमाडौं  –  गिरी, दीपाश्री निरौला र निर्मल शर्मा नयाँ फिल्म ‘छक्कापञ्जा’ श्रृंखलामा आधारित हुनेछैन, तर नयाँ फिल्ममा ‘छक्कापञ्जा’कै समूह हुनेछ । नयाँ फिल्मको प्रि- प्रोडक्सन सुरु गर्नुअघि दीपक – दीपाको टोलीले सोमबार बिहान पशुपतिनाथ पुगेर पूजाआजा गरेको छ ।निर्मल शर्माले पनि ‘छक्कापञ्जा ४’ सफलताको लागि पशुपति पुगेर ‘थ्यांक्स गिभिङ’ पूजाआजा गरेको बताए ।

 

दीपाले फिल्मको सफलताको लागि भाकल पूजा गरेकी थिइन्, यही कारण पनि यो समूह पशुपति पुगेको हो ।दीपक, दीपा, निर्मलसहित राज आचार्य, केदारप्रसाद घिमिरे माग्ने बुढासहितको टोली पशुपति पुगेको हो । दीपाश्रीले सार्वजनिक गरेको उक्त तस्वीरमा फ्यानले नयाँ प्रोजेक्टको तयारीस्वरुप पूजाआजाका लागि पशुपति पुगेको भन्दै कमेन्ट गरेका छन् ।

 

निर्माता गिरी भदौदेखि नयाँ फिल्मको छायांकन तयारीमा छन् भने यो फिल्मलाई फागुनमा प्रदर्शन गर्ने तयारी छ । ‘अहिले तीनवटा स्क्रिप्टमा हामी काम गरिरहेका छौं,’ दीपकले भने, ‘जसबाट एउटा छनोट गरेर काम अघि बढ्नेछ ।’ नयाँ फिल्ममा पनि छक्कापञ्जाकै अधिकांश कलाकार देखिने उनले जनाए ।