२०८१ बैशाख ८ , शनिवार

बुद्धि तामाङ अभिनित ‘वेलकम टु हेम्जाकोट’ जेठ २६ मा रिलिज हुने

सुनाखरी न्युज/ काठमाडौं । बुद्धि तामाङको शीर्ष भूमिका रहेको फिल्म ‘वेलकम टु हेम्जाकोट’को प्रदर्शन मिति तय भएको छ ।

 

निर्माताले सोमबार जेठ २६ गतेलाई प्रदर्शन मिति घोषणा गरेका हुन् । यसअघि यसलाई गत वर्षको तिहारमा रिलिज ल्याउने तयारी थियो । तेजप्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा निर्माण भएको फिल्मलाई सरोज पौडेलले लेखन तथा निर्देशन गरेका हुन् ।

 

फिल्ममा तामाङसहित विनोद न्यौपाने, दिनेश खड्का, सन्दीप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सिना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदेव राई, जयनन्द लामाको अभिनय छ ।