२०८० चैत्र १६ , शुक्रवार

पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान सुरु

सुनाखरी न्युज/ काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान सुरु गरिएको छ । खाँणलाई आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा उपस्थित गराएर बयान लिइएको हो ।

 

सो प्रकरणमा सरकारी वकिलको कार्यालयले आइतबार खाँणसहितका १२ जना अभियुक्तलाई ४ दिनको म्याद थपेर बयान लिन प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीले चार दिनभित्र उनीहरुको बयान लिएर, अनुसन्धान प्रतिवेदन तयार गरेर वकिलको कार्यालयमा बुझाउनुपर्नेछ ।

 

नेपालीहरुलाई नक्कली भुटानी शरणार्थीका रुपमा अमेरिका पठाउने गरेको र यसरी पठाउँदा करोडौँ रकम असुलेको लगायत आरोप उनीहरुमाथि लगाइएको छ ।