२०८० जेठ २१ , आइतवार

काठमाण्डौमा आजबाट मेलम्चीको पानी वितरण बन्द, दुई साता नआउने

सुनाखरी न्युज/ काठमाडौं । काठमाण्डौमा आज जेठ १ गतेदेखि मेलम्चीको पानी वितरण बन्द गरिएको छ।

 

हेलम्बु–१ स्थित आयोजनाको गेट नं. ९ मा रहेको मुहान तथा हेडवक्र्समा सिलिन्डर तथा गेट नं. १ मा जालीसहितका उपकरणहरु राखेर मर्मतसम्भार गर्नुपर्ने भएकोले पानी वितरण बन्द गरिएको मेलम्ची खानेपानी आयोजना जनाएको छ। काठमाण्डौमा दुई सातासम्म पानी वितरण गरिने आयोजनाले जनाएको छ।

 

आयोजनाका अनुसार उक्त मर्मत कार्य गरिसकेपछि सामान्य बाढी आएका बेलामा पनि पानी वितरणकार्य रोकिने छैन। अघिल्लो वर्ष २०७८ चैत अन्तिमतिर काठमाण्डौमा मेलम्चीको पानी वितरण गर्न थालिएको थियो।